National Examinations Board Grade 12 Compulsory Nepali — Grade Increment (Supplementary) 2080 (2023) (Set B)
National Examinations Board · Compulsory Nepali (Grade 12) · 2080 (2023) BS · Grade Increment (Supplementary) Examination — 18 questions — a free old question paper on Goodone.club’s exam-paper archive.
- तलको वाक्यमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत लेख्नुहोस्: "सुखी र समृद्ध जीवनका लागि सुस्वास्थ्य अपरिहार्य कुरा हो। समुचित आहारविहारबाट सुस्वास्थ्यको प्राप्ति हुन्छ। पूर्वीय संस्कृतिले के मान्यता छ भने आहार र विहारमा ध्यान दिने हो भने स्वास्थ्यको संरक्षण गर्न कठिनाइ हुँदैन।" (रेखाङ्कित शब्दहरू: अपरिहार्य, ध्यान, संरक्षण) [3 marks]
- तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: "हामी अघि बढ्यौं। बाटोमा कुकुरहरू भुकिरहेका थिए। साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको देखियो।" [3 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलको अनुच्छेदबाट एउटा प्राविधिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी एक-एकओटा वाक्य बनाउनुहोस्: "सामाजिक सञ्जालमा छापिएका कतिपय भ्रामक समाचारले अचेल मानिसका ओठतालु छिनभरमै सुकाई व्याकुल बनाएका घटना सुनिएकै हो। अझ कतिपय जीवित मानिसलाई मृत घोषणा गरिदिने अमानवीय व्यवहार देख्दा अफन्त खङ्ग्रङ्ग भई तिनका आड सिरिङ्ग हुन्छन्।" (ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनको प्रयोग गरेर एक-एकओटा वाक्य बनाउनुहोस्: "खुट्टा तान्ने बानी भएका विरुवाको चिल्लो पातको उदाहरण बनेको सेवकले कापी चोरेर आफू भनी गुरुबालाई देखायो; तर कक्षा सकिएपछि विकास आफ्नो तालुम... [2 marks]
- तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस्: "के म आफ्नो लागि आफैँले खाल्डो खनिरहेकी त छैन? आखिर सामाजिक प्रतिष्ठा पनि व्यावहारिक मर्यादा र महत्त्वका लागि नभइनहुने पक्ष हो।" (रेखाङ्कित: खनिरहेकी, आखिर, व्यावहारिक) [3 marks]
- तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्: "गहिरो अनुसन्धान र सम्बद्ध किताबको प्रशस्त अध्ययन गरेर मात्र उपयुक्त कानुनको निर्माण गर्न सकेमा सबैलाई न्याय सुनिश्चित भएको महसुस गराउन सकिन्छ, तर इन्टरनेटको प्रयोग गरी अर्काको लिखित डाउनलोड गरी बजारीकरण गर्नेबाट के आश गर्नु?" [2 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक-एक शब्द निर्माण गर्नुहोस्: उपसर्ग — अनु, परि, सु; प्रत्यय — अक, इय, दै। (ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द खोजी तिनको निर्माण प्रक्रिया देखाउनुहोस्: "एउटै गाउँका मानिसहरूमध्ये कोही दुईजिब्रे र कामचोर प्रवृत्तिका छन्, जसलाई आफ्नो इज्जत-प्रतिष्ठाको कुनै मतलब छैन; तर देशहितमा लागेर आ-आफ्नो भूमिकासहित देश-विदेश घुम्दै मदत मागी स्वदेश फर्किएका यशोधरा र गजानन भने छरछिमेकका घरघरमा चर्चित बनेका छन्।" [3 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) 'ले, लाई, निम्ति, द्वारा, देखि, बाट, को र मा' विभक्ति लागेका कारक प्रयोग भएका आठओटा वाक्यमा आफ्नो क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रमको वर्णन गर्नुहोस्। (ख) तलको अनुच्छेदका वाक्यहरूलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस्: "म विद्यालयबाट घर आएँ। म खाजा खाएर घुम्न निस्किएँ। मैले गृहकार्य गर्न बिर्सें। मैले अर्को दिनदेखि गृहकार्य नगरी बाहिर नजाने बाचा गरें।" [4 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलका वाक्यलाई वाच्य ढाँचासहित सम्भावनार्थकमा परिवर्तन गरी लेख्नुहोस्: "रमेश इन्जिनियर बन्छन् भने रवि शिक्षक बन्छन्। रमेशकी साथी सविता कविता लेख्छिन्। मौसम गीत गाउँछन्। तिनीहरू सबैको चाहना पूरा हुन्छ।" (ख) तलका वाक्यहरूलाई वाच्य परिवर्तन गरी वाक्य ढाँचासमेत मिलाई पुनर्लेखन गर्नुहोस्: "आज कविता लेखन प्रतियोगितामा सहभागी भइन्छ। निर्णायकहरूको निर्देशनअनुसार कविता लेख्न सुरु गरिन्छ। निर्णायकहरूद्वारा हाम्रा कविताहरू मूल्याङ्कन गरिन्छन्। उक्त प्रतियोगितामा पुरस्कार जितेर खुसी भइन्छ।" [4 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस्: "संस्कृत भाषामा ज्ञान र विज्ञान दुवै पाइन्छन्। संस्कृत भाषामा लेखिएका साहित्य उपदेशमूलक हुन्छन्। वेद पनि संस्कृत भाषामै लेखिएको छ। संस्कृत भाषाको प्रवर्धन आजको आवश्यकता हो।" (ख) तल दिइएका चारओटा जटिल वाक्यहरूलाई आठओटा सरल वाक्यहरूमा छुट्याउनुहोस्: "गोपालप्रसाद रिमालले 'आमाको सपना' कविता लेखे किनभने नेपालमा परिवर्तन आवश्यक थियो। नेपालमा धेरै पटक आन्दोलन भए पनि समाजमा अझै समानता आएको छैन। जबसम्म सबैले न्याय र समानता प्राप्त गर्दैनन्, तबसम्म विकृति रहन्छ। समाजमा इज्जतपूर्वक बाँच्न पाउनुपर्छ तापनि नेपाली समाजमा... [4 marks]
- तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: "विज्ञानले अभूतपूर्व चमत्कार गरिसकेको छ। यसको फलस्वरूप मान्छे बढीभन्दा बढी शक्तिशाली र सुखी हुँदै आएको कुरा प्रत्यक्ष छ। … (सञ्चार, शिक्षा, औषधि, उद्योग आदि क्षेत्रमा विज्ञानको प्रभावसम्बन्धी पूरा अनुच्छेद)।" प्रश्नहरू: (क) विज्ञानलाई सञ्चार क्षेत्रमा किन बढी महत्त्वपूर्ण ठानिएको हो? (ख) शिक्षा क्षेत्रमा विज्ञानको उपलब्धिलाई कसरी उपयोग गरिएको छ? (ग) विज्ञानले औषधिको क्षेत्रमा कस्तो प्रभाव पारेको छ? (घ) विज्ञानको कारण संसार किन साँघुरिएको अनुभव हुन्छ? (ङ) विज्ञानका कुनै दुईओटा बेफाइदा लेख्नुहोस्। [5 marks]
- तल दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस्: "अहिलेको भौतिक विकासको होडबाजीले अनेकौं विकृतिहरू उत्पन्न गराएका छन्। यस भौतिक दौडले मानिसको मनमस्तिष्कलाई अशान्त बनाइदिएको छ। … (मानवीय मूल्य-मान्यताको ह्रास, हाम्रो हिन्दु संस्कृति तथा जीवनदर्शनको महत्त्वसम्बन्धी पूरा अनुच्छेद)।" [2+3] [5 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तपाईंको टोलमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको र सरुवा रोगसमेत निम्तिने खतरा बढेको विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनका निम्ति स्थानीय पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस्। (ख) 'बालाजु औद्योगिक केन्द्र'ले धादिङबेसी स्थित 'भैरवी सेवा प्रा.लि.'लाई उसको मागबमोजिमका इन्टेरियर डिजाइनका सामान उपलब्ध गराई रु. १,००,०००/- (अक्षरेपी एक लाख मात्र) भुक्तानी लिएको भरपाईको नमुना तयार पार्नुहोस्। [4 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) आफ्नो विद्यालयले आयोजना गरेको कविता प्रतियोगिता कार्यक्रमको सम्पूर्ण विवरण समेटी १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस्। (मानौं, तपाईंको नाम सगुन हो र तपाईंको विद्यालय प्रगति माध्यमिक विद्यालय हो।) (ख) 'ग्रामीण क्षेत्रका विद्यार्थीमा प्रविधिको पहुँच' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस्। [5 marks]
- कुनै एकको व्याख्या गर्नुहोस्: (क) "यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो।" (ख) "हाम्रो समाजमा रहेका विविधता नै हाम्रा पहिचान हुन्। यी हाम्रा सम्पत्ति पनि हुन्। देशका यस्ता अमूल्य निधिलाई समस्याका रूपमा बुझ्न हुँदैन।" [4 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: "सुबोध एक्कासि झुरुक्क उठनुभयो। मलाई गढेर आँखा तन्नुभयो, तीर जस्तै बनाएर। सुँइसुँई जानुभयो, केही बोल्नुभएन। राती भइसकेको थियो। मुटुको स्पन्दन शान्त भयो। … धेरै समयदेखि पाकेको पिलो घाउ फुटेर सन्चो भए जस्तै ठानें। सुबोध अब कहिल्यै पनि मेरो घरमा नआइदेओस्।" प्रश्नहरू: (अ) ममताको मन किन हलुङ्गो भयो? (आ) ममता र सुबोधका बिचमा मनमुटाउ हुनुको कारण के हो? (ख) तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: "नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउ... [4 marks]
- कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन खेलेको भूमिकाबाट तपाईं सन्तुष्ट हुनुहुन्छ? कारणसहित प्रतिक्रिया दिनुहोस्। (ख) 'नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन्' भन्ने भनाइ तपाईंलाई कस्तो लाग्यो? 'विरहिणी दमयन्ती' कथाका आधारमा प्रतिक्रिया दिनुहोस्। [4 marks]
- कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस्: (क) 'एक चिहान' उपन्यासका पात्र गोदत्तप्रसाद र शिवनारानका चरित्रगत विशेषता उल्लेख गर्दै उक्त दुई पात्रमध्ये कसका विशेषता तपाईंलाई राम्रो लाग्यो, कारणसहित समीक्षात्मक उत्तर दिनुहोस्। (ख) 'हामीलाई बोलाउँछन् हिमचुली' कविताले दिएको मुख्य सन्देश के हो? समीक्षात्मक उत्तर दिनुहोस्। [8 marks]
- कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस्: (क) आत्मानुशासन (ख) सामाजिक सञ्जालको सदुपयोग (ग) कृषिमा आधुनिकीकरण [8 marks]