National Examinations Board Grade 12 Compulsory Nepali — Model Question 2079 (2023)

National Examinations Board · Compulsory Nepali (Grade 12) · 2079 (2023) BS · Model Question — 18 questions — a free old question paper on Goodone.club’s exam-paper archive.

  1. तलको वाक्यमा रेखाङ्कित शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्यासमेत लेख्नुहोस्: "नेपाल प्राकृतिक सौन्दर्यले सुशोभित छ। नेपालका विविध ठाउँबाट सूर्योदय देख्न सकिन्छ। नेपाल संसारमै पर्यटनका लागि आकर्षक केन्द्र बनेको छ।" (रेखाङ्कित शब्दहरू: सुशोभित, सूर्योदय, केन्द्र) [3 marks]
  2. शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: "वनविनाशका कारण अहिले हरेक देश प्रदूषणको जोखिममा छन्। विश्वका सबै राष्ट्र वनविनाशको समाधानमा अग्रसर देखिन्छ। बढ्दो वनविनाशलाई न्यूनीकरण गर्न वृक्षारोपन गर्नु उपयुक्त हुन्छ।" [3 marks]
  3. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्: "अनुसन्धान गरेवापत आफ्नो पारिश्रमिकको दोस्रो किस्ता बुझेर ऊ खुसीले गद्गद् हुँदै सरासर घर गयो। परिश्रमबाट पाएको रकम आमाका हातमा राखिदिँदा उहाँ मुसुक्क हाँस्नुभयो।" (ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्: "एक थुकी सुकी सय थुकी नदी भन्ने कुरा हो कि गाँस छोड्नु तर साथ नछोड्नु भन्ने कुरा हो, यस्ता भनाइहरू त्यसैले प्रचलनमा आएका होइनन्। यिनीहरूले हाम्रो जीवनलाई हरियाली बनाउने र मुट्ठी पार्दा पाँचओटै औंलाको महत्त्व दर्सा... [2 marks]
  4. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस्: "पोखरीमा माझी पोखरीनजिक पुग्यो। 'आब्दु! कत्रो माछो।' अग्रिमले पोखरीको माछो देखाएर भन्यो।" (रेखाङ्कित: पोखरीनजिक, माछो, देखाएर, भन्यो) [3 marks]
  5. तलको अनुच्छेदमा दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्: "किताब अध्ययन गर्ने बानी भए पनि उनले खेल्ने सामान जस्तै, मोटर, हवाईजहाज र डुङ्गा आदिको नमुना पनि स्वयम् बनाए। खेल्दै रमाउँथे अनि साथीहरूलाई ज्ञान पनि दिन्थे।" [2 marks]
  6. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् (सहकारी सम्बन्धी अनुच्छेद)। (ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् (हिन्दु संस्कृति, गुठी, भारोपर्म सम्बन्धी अनुच्छेद)। [3 marks]
  7. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरूका कारक पहिचान गरी तिनको नाम लेख्नुहोस्: "रमेश आजभोलि बुबालाई निकै सहयोग गर्छ। उसले विद्यालयबाट घर आएपछि खेतबारीमा गएर काम सघाउन थालेको छ। उसले हिजो विराटनगरबाट बुबाका लागि घिन्ती र आमाका लागि पनि औषधी लिएर हवाईजहाजबाट आज जनकपुर आयो।" (रेखाङ्कित: बुबालाई, विद्यालयबाट, खेतबारीमा, विराटनगरबाट, हवाईजहाजबाट) (ख) उच्च आदरमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस्: "तिमी सधैँ समयमै विद्यालय गयौ। तिमी आज्ञाकारी भई पढ्यौ। तिमीले गुरुहरूले भनेको पनि मान्यौ। तिमी परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्रथम भयौ।" [4 marks]
  8. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) चारओटा फरक फरक सम्भावनार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा तपाईंको भावी कार्यको वर्णन गर्नुहोस्। (ख) तलको अनुच्छेदका वाक्यलाई करणमा परिवर्तन गर्नुहोस्: "तिम्रो स्वभाव राम्रो छैन। तिमीलाई सबैले मन पराउँदैनन्। तिमी मिहिनेती पनि छैनौ। तिमी जीवनमा सफल हुँदैनौ होला।" [4 marks]
  9. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्: शिक्षकले भन्नुभयो, "तिमीहरूको पढाइ राम्रो छ।" विद्यार्थीहरूले एक स्वरमा भने, "यो सब हजुरको प्रेरणाले हो।" शिक्षकले भन्नुभयो, "तिमीहरू निकै मिहिनेती छौ।" विद्यार्थीहरूले भने, "हामी सक्दो मिहिनेत गर्छौं।" (ख) तलको वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस्: "सगरमाथा नेपालमा छ। सगरमाथा विश्वको सर्वोच्च शिखर हो। सगरमाथा नेपालको पहिचान हो। सगरमाथाले पर्यटकहरूलाई आकर्षित गरेको छ।" [4 marks]
  10. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: "नेपाल खुला एवम् बजारोन्मुख अर्थव्यवस्था भएको मुलुक हो। हाम्रो देशले आफ्नै स्रोतसाधनको परिचालन गरी आर्थिक विकास र गरिबी निवारणको वाणिज्य नीति अवलम्बन गरेको छ … (देशभित्रै रोजगारी सिर्जना, निजी क्षेत्रको सहभागिता आदि सम्बन्धी पूरा अनुच्छेद)।" प्रश्नहरू: (क) नेपालले कस्तो वाणिज्य नीति अवलम्बन गरेको छ? (ख) राजस्वमा वृद्धि कसरी गर्न सकिन्छ? (ग) देशको समृद्धिमा निजी क्षेत्रको भूमिका के हुन सक्छ? (घ) निजी क्षेत्र र सरकारको सम्बन्ध कसरी जोडिएको हुन्छ? (ङ) देशभित्रै रोजगारी सिर्जनाका उपायहरू के के हुन्? [5 marks]
  11. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस्, र एक तृतीयांशमा सारांश लेख्नुहोस्: "हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्नो मौलिक मान्यता प्रस्तुत गरेका छन् … (ब्ल्याकहोल, बिग-ब्याङ, ऐन्स्टाइन, ऋग्वेदको सृष्टिसम्बन्धी दृष्टिसँगको तुलना सम्बन्धी पूरा अनुच्छेद)।" [2+3] [5 marks]
  12. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) कक्षा १२ उत्तीर्णपश्चात् विद्यालयले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र लिन आफू उपस्थित हुन नसकेको कारण उक्त प्रमाणपत्र दिदीलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दै मञ्जुरीनामाको नमुना तयार पार्नुहोस्। (ख) बढ्दो महँगीले जनजीविकामा पारेको प्रतिकूल असरका बारेमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस्। [4 marks]
  13. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) आफ्नो विद्यालयको वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस्। (ख) 'बढ्दो बेरोजगारी समस्या' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस्। [5 marks]
  14. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस्: (क) "म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु।" (ख) "हेरौला त्यो हरी भएर आउने छ / तिमी पात भएर पछ्याउने छौ।" [4 marks]
  15. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस्: (क) कवितांश: "उनी सोध्दिन हामीलाई कहाँ जाने दाइ / भन्नुपर्ला हिमालको बुटी खोज्नलाई / डोरेटामा कस्तुरी तिरिन च्यापी हेलान् / पातपात चरा नाच्ने पातलले घेलान्।" प्रश्नहरू: (अ) माथिको कवितांशमा कस्तो परिवेशको चित्रण गरिएको छ? (आ) माथिको कवितांशमा 'हिमालको बुटी खोज्नु' भन्नुको आशय के हो? (ख) गद्यांश: "हामीले विकल्प खोज्नुपर्छ। सबैले उही काम गरेर हुँदैन … 'देखासिकी गरी खा आरिस मरी जा' भन्ने हाम्रो उखान पनि छ …" प्रश्नहरू: (अ) 'केही नगर्नु भन्दा केही गर्नु राम्रो' भन्नुको तात्पर्य लेख्नुहोस्। (आ) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो? [4 marks]
  16. कुनै एक प्रश्नको उत्तर दिनुहोस्: (क) सहकारीले नेपालको विकासमा कसरी सहयोग पुर्‍याएको छ? चारओटा पक्ष उल्लेख गरी प्रस्ट पार्नुहोस्। (ख) नेपाली विविधतालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ? 'नेपाली पहिचान' पाठका आधारमा तर्क दिएर पुष्टि गर्नुहोस्। [4 marks]
  17. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस्: (क) 'एक चिहान' उपन्यासमा चित्रण गरिएको नेपाली समाजको तस्बिर कस्तो छ? उपन्यासका आधारमा समीक्षा गर्नुहोस्। (ख) ममतालाई सुबोधलाई परित्याग गरेर छोराछोरीसँगै नै सम्पूर्ण जीवन बिताउने भनी गरेको निर्णय तपाईंलाई कस्तो लाग्यो? 'मातृत्व' कथाका आधारमा आफ्नो प्रतिक्रिया दिनुहोस्। [8 marks]
  18. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस्: (क) नेपालको सांस्कृतिक विविधता (ख) मेरो देश : मेरो गौरव (ग) प्राविधिक शिक्षा : आजको आवश्यकता [8 marks]