National Examinations Board Grade 12 Social Studies and Life Skills Education — Model Question 2079 (2023)
National Examinations Board · Social Studies and Life Skills Education (Grade 12) · 2079 (2023) BS · Model Question — 22 questions — a free old question paper on Goodone.club’s exam-paper archive.
- जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस्। [1 marks]
- तपाईंले आफ्नो जाति, समुदाय अन्तर्गत सामाजिक संरचना अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ भने सोको लागि प्रस्तावनाको आवरण पृष्ठ तयार पार्नुहोस्। अथवा सामाजिक समस्या सम्बन्धी कुनै शीर्षक तयार पारी सो शीर्षक अन्तर्गत गरिने अनुसन्धानको कुनै चार उद्देश्यहरू प्रस्तुत गर्नुहोस्। [5 marks]
- समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनबिचको अन्तर सम्बन्ध विश्लेषण गर्नुहोस्। [8 marks]
- पूर्वीय चिन्तन अन्तर्गतका कुनै दुई परम्पराको नाम लेख्नुहोस्। [1 marks]
- नेपालमा सामाजिक रूपान्तरणका लागि भइरहेका कुनै पाँच प्रयासहरू स्पष्ट पार्नुहोस्। [5 marks]
- प्रादेशिक अन्तर सम्बन्धका आयामहरू प्रष्ट पार्नुहोस्। अथवा सूचना प्रविधिको कारणले तपाईं हाम्रो जीवन र समाजमा कस्ता अनुकूल वा प्रतिकूल परिवर्तन ल्याएका छन्, उदाहरण सहित वर्णन गर्नुहोस्। [8 marks]
- तपाइको कुनै लेख, रचना चोरी भएमा तपाईंले गर्ने कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस्। [1 marks]
- तपाईंको क्षेत्रमा बाढी, पहिरो जस्तो विपद् आएमा उद्धार एवं सुरक्षित कार्य गर्न जनसहभागिताका लागि के गर्नुहुन्छ? कार्य सूची तयार पार्नुहोस्। [5 marks]
- गरिबी निवारणको लागि अवलम्बन गर्नुपर्ने रणनीति, कार्यक्रम र अपेक्षित उपलब्धि समेटी राष्ट्रिय योजना आयोगमा पेस गर्ने योजनाको ढाँचा तयार पार्नुहोस्। [8 marks]
- तपाईंलाई मन पर्ने एउटा विषयवस्तुको अनुसन्धान शीर्षक तयार पार्नुहोस्। [1 marks]
- वि.सं. २००७ देखि २०१७ सम्मको अवधिलाई संक्रमणकालीन अवधि मानिन्छ, किन? विश्लेषण गर्नुहोस्। [5 marks]
- नेपाल सम्वत् कहिलेदेखि सुरुवात भयो? वि.सं.मा लेख्नुहोस्। [1 marks]
- सामाजिक समावेशीकरणका सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस्। [5 marks]
- तपाईंको विद्यालयमा कुनै दृष्टिविहीन साथी छन्। तपाईं उहाँलाई कसरी सहयोग पुर्याउनु सक्नुहुन्छ? कुनै दुई बुँदा लेख्नुहोस्। [1 marks]
- तपाईं किशोर वा किशोरीको रूपमा आफ्नो परिवारमा पालना गर्नु पर्ने कुनै पाँचवटा कर्तव्यहरू छोटकरीमा वर्णन गर्नुहोस्। [5 marks]
- नेपालमा सूचनाको हकको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई सोध्न सकिने दुईवटा प्रश्नावलीको नमुना तयार पार्नुहोस्। [1 marks]
- बसाईंसराईबाट पर्ने वातावरणीय चुनौतिहरू विश्लेषण गर्नुहोस्। [5 marks]
- शहरीकरणका कुनै दुईवटा आयामहरू प्रस्तुत गर्नुहोस्। [1 marks]
- शैक्षिक विकासले सामाजिक रूपान्तरणमा सघाउँछ। उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस्। अथवा शिक्षाको क्षेत्रमा समुदायले कस्ता कुराहरूमा सहभागिता जनाउने गरेका छन्, उदाहरण सहित स्पष्ट पार्नुहोस्। [5 marks]
- आर्थिक विकास र आर्थिक वृद्धिबिचको एक भिन्नता लेख्नुहोस्। [1 marks]
- तपाईं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनु भयो भने देशको व्यापार घाटा न्यूनीकरण गर्न तपाईंले अपनाउने दुई उपाय लेख्नुहोस्। [1 marks]
- समावेशी शिक्षाको अर्थ एक वाक्यमा प्रस्ट पार्नुहोस्। [1 marks]