Nepali Grade 8 Model Question Set
Holy Vision Public School · Nepali (Grade 8) · 2082 BS · Model Question Set — 17 questions — a free old question paper on Goodone.club’s exam-paper archive.
- दिइएका अर्थसँग मिल्ने शब्द राखी खाली ठाउँ भर्नुहोस्: (अगेनो, शुभारम्भ, कमेरो, बन्दित, पेस्की) (क) अग्रिम भुक्तानी, बैना — ............ (ख) असल कामको थालनी — ............ (ग) आगो बालिने ठाउँ — ............ (घ) घर पोत्न प्रयोग गरिने सेतो माटो — ............ [2 marks]
- खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्: (क) 'फल'को उस्तै अर्थ दिने शब्द ............ हो। (गल्ती, परिणाम, प्रशंसा) (ख) 'निरक्षर'को उल्टो अर्थ दिने शब्द ............ हो। (साक्षर, असाक्षर, शिक्षक) (ग) 'नयन'को पर्यायवाची शब्द ............ होइन। (घ) ............ अनेकार्थी शब्द होइन। (पत्र, हार, यन्त्र) [2 marks]
- अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्: हुने बिरुवाको चिल्लो पात; छमछम। [2 marks]
- शुद्ध शब्द छानेर लेख्नुहोस्: (क) सामाजिक / शामाजिक / सामाजीक / शामाजीक (ख) चन्चल / चंचल / चञ्चल / चङचल [2 marks]
- दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस्: "भाजु लालले भने, मलाई पनी यहि मुर्ति चाहिएको छ।" [2 marks]
- रेखाङ्कित शब्दको पदवर्ग छुट्याउनुहोस्: उनीहरु त घरमाथिको ठुलो रुखको छहारीमा बसेछन्। [2 marks]
- दिइएका धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्: (क) नेपालको प्रतिष्ठा ............। (बढ् : सामान्य भविष्यत्) (ख) विनिताले उपन्यास ............। (पढ् : पूर्ण वर्तमान) (ग) म असल नागरिक बन्न ............। (सक् : इच्छार्थक) (घ) भोलि ठूलो पानी ............। (पर् : सम्भावनार्थ) [2 marks]
- दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्: (क) ऊ पोखरा घुम्न गयो। (प्रथम पुरुष) (ख) म कथा पढ्छु। (अकरण) (ग) साथीको मामा आयो। (उच्च आदर) [3 marks]
- दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्: "प्रकृति एक महान् वैज्ञानिक हो। यो वैज्ञानिकको पनि वैज्ञानिक हो। यसले गर्ने प्रत्येक काम सिलसिलाबद्ध हुन्छ। प्रकृतिको गर्भमा अनेकौं रहस्य भरिएका छन्। यीमध्ये ज्यादै सानो अंशको मान्छेले रहस्योद्घाटन गर्न सकेको छ। प्रकृति जति शान्त, सरल, सौम्य र विशाल देखिन्छ उति नै यसले गर्ने कार्य ज्ञानविज्ञानले भरिपूर्ण छन्।" (क) अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेर बनेका एक एक ओटा शब्द लेख्नुहोस्। (ख) अनुच्छेदबाट एक एक ओटा द्वित्व र समस्त शब्द लेख्नुहोस्। (ग) अनुच्छेदमा रेखाङ्कन गरिएको शब्दको कारक र विभक्ति लेख्नुहोस्। [3 marks]
- दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: "मानिसका रुचि भिन्न भिन्न किसिमका हुन्छन्। कोही साहित्य रचना गर्न, कोही पुस्तक पढ्न, कोही खेलकुदमा रमाउन र कोही देश विदेश घुमेर आनन्द लिन चाहन्छन्। ती मध्ये देशविदेश घुम्दै विभिन्न कला, सभ्यता, संस्कृति, चालचलन, रहनसहन र रीतिरिवाजको अध्ययन तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्दै हिँड्ने मानिसलाई पर्यटक भनिन्छ। पर्यटकहरू खासगरी स्वच्छ, शान्त, स्वतन्त्र र उन्मुक्त वातावरणमा रमाउन चाहन्छन्। तसर्थ तिनीहरूका लागि सुहाउँदो वातावरण आवश्यक हुन्छ।" (क) पर्यटक भन्नाले के बुझिन्छ? (ख) तीर्थयात्री र पर्यटकमा के भिन्नता छ? (ग) भ्रमणबाट के-कस्ता ज्ञान प... [4 marks]
- दिइएको अनुच्छेदबाट चार ओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्: "करिब चारघण्टाको निकुञ्ज सफारी पश्चात् हामी सौराहा फर्कियौं। सन्ध्याकालिन सौराहा पर्यटकले खचाखच भरिएको थियो। आज हाम्रा लागि अर्को सौभाग्य प्राप्त भयो। हामीले परम्परागत थारु नृत्य पनि हेर्न पायौं। खाना खाएपछि कोठामा गएर साथीहरूसँग रमाइला कुराकानी गरेर सुत्यौं।" [4 marks]
- कुनै एक प्रश्नको उत्तर लेख्नुहोस्: (क) दिइएका बुँदाका आधारमा छोटो जीवनी तयार पार्नुहोस्: नाम — गुरुप्रसाद मैनाली; जन्मस्थान — काभ्रेपलाञ्चोक; शिक्षा — घरेलु/अनौपचारिक शिक्षा; कामना — वि.सं. १९८३ देखि निजामती सेवाका विभिन्न कार्यालयमा न्याय विभागको अड्डासरमा जागिरे; पहिलो कथा — 'नासो' (वि.सं. १९९२ को शारदा मासिक पत्रिकामा); कथा सङ्ग्रह — 'नासो' (वि.सं. २०२० एघार कथाको संगालो); विशेषता — सामाजिक विषयमा कथा लेखेर नेपाली कथा साहित्यमा आधुनिकता भित्र्याउने कथाकार; मृत्यु — वि.सं. २०२८, काठमाडौं। (ख) 'धनभन्दा विद्या ठूलो' भन्ने विषयको पक्षबाट वादविवाद प्रस्तुत गर्नुहोस्। [3 marks]
- कुनै एक प्रश्नको उत्तर लेख्नुहोस्: (क) विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएको कुरा उल्लेख गर्दै विदेशमा बस्ने दाजुलाई चिठी लेख्नुहोस्। (ख) तपाईंको विद्यालयमा आयोजना हुन गइरहेको विद्यालयको वार्षिकोत्सवमा अभिभावकलाई लेखिने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस्। [3 marks]
- कुनै एककको भाव विस्तार गर्नुहोस्: (क) नेपालका कैयौं पदमार्ग प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन्। (ख) हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए। [3 marks]
- दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्: "कुनै पनि वस्तु मालसामान खरिद अथवा उत्पादन गरेर विक्रीवितरण गर्ने कार्यलाई व्यापार भनिन्छ। व्यापारको सामान्य उद्देश्य नाफा कमाउनु हो तथापि यसलाई नाफामूलक र सेवामूलक व्यवसाय मान्ने गरिन्छ। वस्तु वा माल सामानको प्रकृति अनुसार व्यापारलाई सामान्यतः स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन भागमा वर्गीकरण गर्ने गरिन्छ। स्थानीय व्यापार भन्नाले स्थानीय स्तरमा उत्पादित वस्तु वा मालसामान त्यहीँ बेचबिखन गर्ने भन्ने बुझिन्छ। राष्ट्रिय व्यापार अन्तर्गत देशका कुनै भूभागमा वस्तु वा मालसामान उत्पादन गरी देशभित्रकै अर्को स्थानमा किनबेच गरिन्छ। यदि अर्को... [4 marks]
- कुनै एक प्रश्नको लामो उत्तर लेख्नुहोस्: (क) दिइएको कवितांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्: "हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको / हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको / हाम्रो मुटुको प्रत्येक चालमा धड्किन्छ सहिदको / हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन सहिदको।" प्रश्न: सहिदको सम्झनामा कवितामा सहिदको योगदानको चर्चा कसरी गरिएको छ? (ख) दिइएको गद्यांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्: "आफ्नो अर्डरमा तयार भएको, आफूलाई असाध्यै मन परेको मूर्ति नदिएर फेरि १० दिनपछि आउनु अर्को बनाइदिउँला भनेको सुन्दा ती भक्तलाई केही ओभ भयो। ... करुण स्वरमा भजुलाल बोल।" प्रश्न: 'अमर पुत्र' कथाका प्रम... [4 marks]
- कुनै एक शीर्षकमा १२५ शब्दमा नघटाई निबन्ध लेख्नुहोस्: (क) वृक्षारोपणको महत्त्व (ख) देश प्रति मेरो कर्तव्य (ग) कम्प्युटर र इन्टरनेट [5 marks]